बेमौसमी बर्सातले बाँकेमा ३८ करोडको धानबाली क्षति, क्षतिपूर्तिको माग

शनिबार, २२ माघ, २०७८
डिजिटल संस्करण
बेमौसमी बर्सातले बाँकेमा ३८ करोडको धानबाली क्षति, क्षतिपूर्तिको माग

असोज अन्तिम साता परेको बर्सातले भिœयाउने तयारीमा रहेको किसानको धानबालीमा पु¥याएको ठूलो क्षति । तस्बिर : विश्वराज पछल्डङ्ग्या/नयाँ पत्रिका

जिल्ला प्रशासन कार्यालय बाँकेले बेमौसमी बर्सातले धानबालीमा पारेको क्षतिको विवरण शुक्रबार गृह मन्त्रालयमा पठाएको छ । तीनवटा स्थानीय तहको प्रारम्भिक विवरणसमेतलाई समेटेर ३८ करोड रुपैयाँको क्षति विवरण पठाएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

पटक–पटक ताकेता गर्दा पनि बैजनाथ, राप्तीसोनारी र नेपालगन्ज उपमहानगरले क्षतिको विवरण नबुझाएको उनले बताए । ‘गृह मन्त्रालयले क्षतिको विवरण पठाउने अन्तिम समयसीमा २० माघसम्म दिएको थियो ।

स्थानीय तहलाई विवरण बुझाउन पटक–पटक ताकेता गर्दासमेत नदिएपछि उनीहरूले दिएको प्रारम्भिक तथ्यांकलाई आधार मानेर अनुमानित रकम पठायौँ,’ उनले भने । रकम आउने बित्तिकै पीडित किसानलाई वितरण गरिने उनले बताए ।   

See More On

सुझावित समाचार