नारायणहिटी दरबार संग्रहालयका जीर्ण संरचना मर्मतसम्भार गर्न मन्त्री आलेको निर्देशन (भिडियोसहित)

बिहिबार, २० माघ, २०७८
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनाहरूलाई मर्मत गर्न निर्देशन दिएका छन् । बिहीबार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिसरमा जीर्ण अवस्थामा रहेका संरचनाहरूको मर्मतसम्भार गर्न निर्देशन दिएका हुन् । 

संग्रहालय अवलोकनपछि आलेले संग्रहालयभित्रका विभिन्न ठाउँमा बत्तीहरू जीर्ण अवस्थामा देखिएकाले तुरुन्त मर्मत गरी सुचारु गर्न निर्देशन दिएको बताए । गेटबाहिरको छाना चुहिने अवस्थामा रहेकाले त्यसको पनि मर्मत गर्न भनिएको उनले बताए । उनले नारायणहिटी दरबार संग्रहालयमा अधुरा रहेका कामलाई सम्पन्न गर्नका लागि छुट्टै डिपिआर बनाउन पनि निर्देशन दिएका छन् । 

उनले विगतमा संग्रहालय परिसरभित्र क्याफ्टेरिया सञ्चालन गर्न भनी १४ रोपनी अतिक्रमण गरी बनाइएको भौतिक संरचनाहरू भत्काइसकिएको बताए । संग्रहालय परिसरलाई व्यवस्थित गर्न आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने पनि उनले बताए । 

बतास समूहलाई नारायणहिटी दरबार संग्रहालयबाट हटाउन र आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार पनि भइसकेको उनले बताए ।

सुझावित समाचार