कोभिड संक्रमणलाई मध्यनजर गर्दै प्रचण्डले शुभकामना आदानप्रदान डिजिटल माध्यमबाट गर्ने

बिहिबार, २२ पुष, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई एवं शुभकामना आदानप्रदान भर्चुअल माध्यमबाट गर्ने भएका छन्। कोभिड संक्रमणको जोखिम र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै भौतिक रूपमा बधाई एवं शुभकामना आदानप्रदान बन्द गरिएको प्रचण्डको सचिवालयले विज्ञप्तिमार्फत जनाएको छ।

‘राजनीतिक कामको व्यस्तता, भिडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरूको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिनयतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ।

सुझावित समाचार