अधिकारीले जिते यामाहा फ्युल इफिसिएन्सी र्‍याली

बिहिबार, २२ पुष, २०७८
डिजिटल संस्करण

यामाहा रेजेडआर १२५ एफआई स्कुटरको फ्युल  इफिसिएन्सी र्याली विज्ञान अधिकारीले जितेका छन् । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले आयोजना गरेको र्यालीमा अधिकारीले प्रतिलिटर ७५ किलोमिटर आठसय ९० मिटर दूरी पार गरेर प्रतियोगिता जितेका हुन् ।

 त्यसैगरी, प्रतिलिटर ७४ किलोमिटर गुडाएर भीमबहादुर आले दोस्रो र ७३ किलोमिटर पाँच सय मिटर गुडाएर सन्जिता महर्जन तेस्रो भएको कम्पनीले जनाएको छ । महाराजगन्जदेखि बूढानीलकण्ठ हुँदै झोर, बौडेश्वर इको रिसोर्टसम्मको र्याली यामाहा सोरुम महाराजगन्जबाट सुरु भएको थियो । यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्युल इफिसिएन्सीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर रहेको कम्पनीले जनाएको छ । यसमा बिएस सिक्सअनुरूप, एयरकुल्ड, फ्युल–इन्जेक्टेड एफआई, १२५ सिसी ब्लु कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको कम्पनीको दाबी छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले नेपालका अटोमोबाइल कम्पनीहरूले आफ्नो बाइक वा स्कुटरको माइलेज लिखित रूपमा मात्र दाबी गर्ने गरेको बताए । यामाहाका लागि एमएडब्लू इन्टरप्राइजले त्यो प्रवृत्तिलाई परिवर्तन गरेको उनको भनाइ छ । माइलेज प्रतियोगितासँगै ग्राहक रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुने उनले विश्वास व्यक्त गरे । 

सुझावित समाचार