चार्ल्स शोभराजको मुद्दामा सुनुवाइ तोकियो

बुधबार, २१ पुष, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आजका लागि सुनुवाइ ताकेको छ। शोभराजको मुद्दामा  न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको हो।
यसअघि गत पुस ८ मा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो। शोभराजले उमेरका आधारमा कैद छुट माग गर्दै पुस ७ गते बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। उनी अहिले जगन्नाथदेवलमा थुनामा छन्।

मुद्दामा  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग कालिकास्थान, जिल्ला प्रशासन कार्यालय काठमाडौं र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाइएको छ।
 

सुझावित समाचार