खोपको अतिरिक्त डोज कार्यक्रम स्थगित

बुधबार, २१ पुष, २०७८
डिजिटल संस्करण
खोपको अतिरिक्त डोज कार्यक्रम स्थगित

फाइल तस्बिर

प्रतिरोधी क्षमता कमजोर भएका नागरिकमा कोभिडविरुद्धको ‘थप डोज’ लगाउने भनिएको खोप कार्यक्रम स्थगित गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै तत्कालका लागि थप डोज लगाउने खोप कार्यक्रम स्थगित गरेको जानकारी गराएको हो ।

मन्त्रालयले सबै नागरिकलाई खोपको पूरा मात्रा आवश्यक रहेको जनाउँदै यस विषयमा प्राविधिक छलफल गरी आगामी माघबाट तयारी गरिने स्पष्ट पारेको छ । प्रतिरोधी क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी संक्रमण भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिइने तयारी थियो । 

प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिमा प्रयोग भइरहेको ‘थप डोज’मा अधिकांश देशले ‘मिक्स एन्ड म्याच’ डोज प्रयोगमा ल्याइरहेका छन् । दुईवटा भ्याक्सिन मिसाएर दिइरहेको थप डोजले प्रतिरोधी क्षमतामा उल्लेख्य वृद्धि ल्याएको पाइएपछि मिक्स एन्ड म्याचको थप डोज प्रयोगमा ल्याउन विश्व स्वास्थ्य संगठनले स्वीकृतिसमेत दिइसकेको छ । तर, नेपालमा मंगलबारबाट प्रयोगमा ल्याइने भनिएको थप डोजमा भने सोही खोप प्रयोग गरिने बताइएको थियो । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार