कांग्रेस महाधिवेशन : खस–आर्य र आदिवासी–जनजातितर्फको मतगणना जारी, दलिततर्फको सकियाे

बिहिबार, ८ पुष, २०७८
डिजिटल संस्करण
कांग्रेस महाधिवेशन : खस–आर्य र आदिवासी–जनजातितर्फको मतगणना जारी, दलिततर्फको सकियाे

फाइल तस्बिर

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको केन्द्रीय कार्यसमितिको मतगणना जारी छ । पार्टी कार्यालय बिपी स्मृति भवन सानेपामा अहिले आदिवासी–जनजाति र खस–आर्यतर्फको मतगणना जारी छ ।  

आदिवासी जनजातितर्फको १५, खस–आर्यतर्फको १३ र दलिततर्फको नाै गरी जम्मा ३७ केन्द्रीय सदस्यको मतपरिणाम आउन बाँकी छ । 

केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ खतिवडाका अनुसार  दलित खुलातर्फको पाँच र दलित महिलातर्फको चार गरी नौ पदको मतगणना सकिए पनि घोषणा हुन भने बाँकी  छ ।

सुझावित समाचार