चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको रिट सिन्हाको इजलासमा

बिहिबार, ८ पुष, २०७८
डिजिटल संस्करण
चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको रिट सिन्हाको इजलासमा

फाइल फोटो ।

सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको छ। उमेरका आधारमा कैद छुट माग गर्दै पुस ७ गते बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको थियो। उनी अहिले जगन्नाथदेवलमा थुनामा छन्।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग कालिकास्थान, जिल्ला प्रशासन कार्यालय काठमाडौं र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाइएको छ।

सुझावित समाचार