कांग्रेस केन्द्रीय सदस्य : महिला खुलातर्फ डिलालाई अग्रता, आरजु तेस्राे नम्बरमा

सोमबार, ५ पुष, २०७८
डिजिटल संस्करण
कांग्रेस केन्द्रीय सदस्य : महिला खुलातर्फ डिलालाई अग्रता, आरजु तेस्राे नम्बरमा

फाइल फोटो ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य महिला (खुला)तर्फको मतगणना जारी छ। निर्वाचन समितिका अनुसार दिउँसो १ बजेसम्म एक हजार तीन सय ६४ मतगणना सकिएको छ। जारी गणनाको मतपरिणामअनुसार आठ सय २५ मतसहित डिला संग्रौला पहिलो नम्बर रहेकी छिन्। 

त्यस्तै, आठ सय दुई मतसहित पुष्पा भुसाल दोस्रो, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा सात सय २८ मत ल्याएर तेस्राे, ६ सय ५८ मत ल्याएर अम्बिका बस्नेत चाैथाे, ६ सय ४० मतसहित ईश्वरी न्यौपाने पाँचाै‌ँ नम्बरमा प्रतिस्पर्धा गरिरहेका छन्। महिला खुलातर्फ नाै केन्द्रीय सदस्यका लागि ३० जना मैदानमा छन्। 

यस्तो छ मतपरिणाम
डिला संग्रौला - ८२५
पुष्पा भुसाल - ८०२

आरजु राणा - ७२८
अम्बिका बस्नेत - ६५८
ईश्वरी न्यौपाने - ६४०
सरिता प्रसाईं - ६२४
रमा कोइराला - ५२९
सुशीला ढकाल - ५१९
अनिता देवकोटा - ५१३

सुझावित समाचार