उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

आइतबार, २६ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवारी दिएका पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ। निर्वाचन समितिले राष्ट्रिय सभागृहमा प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ५, उपसभापतिमा ७, महामन्त्रीमा ६ र सहमहामन्त्रीमा १९ जनाको उम्मेदवारी छ।

कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्य गरी १४३ पदका लागि निर्वाचन हुँदै छ। शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता गराएकामा ५५ जनाले मनोनयन फिर्ता गरेका छन्। सभापतिमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

सुझावित समाचार