पूर्वमन्त्री तथा नेपाली कांग्रेस बर्दियाका निवर्तमान जिल्ला सभापति सञ्जयकुमार गौतमले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्। उनले महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
गौतमले पार्टीमा सक्षम नेतृत्व,विधि र प्रक्रियाबाट पार्टी सञ्चालनका एजेन्डासहित उम्मेदवार बन्ने घोषणा गरेका छन्। ‘मैले पार्टीमा नेतृत्व परिवर्तन र पार्टीलाई विधि र प्रक्रियाबाट सञ्चालनका एजेन्डासहित उम्मेदवारी घोषणा गरेका हुँ,’गौतमले नयाँ पत्रिकासँग भने। उनी संस्थापनइतर समूहका नेता हुन्।
उनी बर्दियामा संघीय निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई चुनाव हराएर चर्चामा आएका थिए।