नेपालका सक्षमविक्रम शाह र सुनिरा थापाले एसियन यु–१४ वरीयता टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को एकल स्पर्धामा स्वर्ण जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा सक्षमले भारतका सिद्धार्थ जिबुलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा सुनिराले नेपालकी प्रशंसा मोक्तानलाई ६–१ र ६–२ को सीधा सेटमा हराइन् । त्यसअघि पुरक्ष डबल्सको फाइनल नेपालका सक्षमविक्रम शाह र आयुष्मान हजुर घलेले जिते । सोही विधाको महिलामा सुनिरा थापा र प्रशंसा मोक्तानको जोडी पहिलो भयो ।