न्यायालयको समस्या पुँजीवादी संसदीय व्यवस्थाको संकटको उत्कर्ष रूप : प्रतिरोध

शुक्रबार, ३ मंसिर, २०७८
डिजिटल संस्करण

प्रतिरोध जनअधिकार आन्दोलनले अहिले सर्वोच्च अदालतमा देखिएको समस्या पुँजीवादी संसदीय व्यवस्थाको सकंटको उत्कर्ष रूप भएको बताएको छ। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दे प्रतिरोधले यस्तो बताएको हो। 

‘पुँजीवादी व्यवस्थाका हिमायतीहरूले बारम्बार अलाप्ने राग हो– ‘स्वतन्त्र र निष्पक्ष न्यायपालिका !' तर, त्यही न्यायपालिकाभित्रका जिम्मेवार न्यायाधीशहरूले नै अदालतभित्र भ्रष्टाचार, अनियमितता र अन्यायपूर्ण व्यवहार हुन्छ भनी आन्दोलन गर्नुपर्ने अवस्था यो व्यवस्थाभित्र उब्जिएको संकटको उत्कर्ष रूप हो,’ प्रतिरोधको तर्फबाट अध्यक्ष मनोज खतिवडा र सचिव अनिता पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

निष्पक्ष भनिने न्यायपालिकाभित्र भ्रष्टाचार, सेटिङ र भागबन्डाले चरम रूप लिएको भनी न्यायाधीश र कानुन व्यवसायीहरू नै विरोधमा उत्रिएर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गर्नु विरलै हुने घटनामध्ये एक भएको विज्ञप्तिमा उल्लेख छ। 

हेर्नुहोस् विज्ञप्ति :

सुझावित समाचार