आन्दोलन छोडेर संवादमा आउन बार एसाेसिएसनलाई प्रधानन्यायाधीश जबराको आग्रह

सोमबार, २९ कार्तिक, २०७८
डिजिटल संस्करण

आन्दोलनरत नेपाल बार एसाेसिएसन र सर्वाेच्च  बार एसाेसिएसनका कानुन व्यवसायीहरूलाई आन्दोलन छोडेर संवादमा आउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आग्रह गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै  सर्वाेच्च अदालत परिसरमा भएको धर्नामा नेपाल बार एसाेसिएसनका महासचिवलगायत कानुन व्यवसायीहरूलाई चोट लागेकोमा दुःख व्यक्त गरेका छन् । प्रधानन्यायाधीश जबराले यसप्रकारका गतिविधिहरू आगामी दिनमा दोहोरिन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

 अहिले देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद मात्रै भएकाले संवादमा आउन उनले सम्पूर्ण कानुन व्यवसायीहरूलाई आग्रह गरेका हुन् ।

सुझावित समाचार