रौतहटमा एकै परिवारका दुई बालकको शंकास्पद मृत्यु

सोमबार, २९ कार्तिक, २०७८
डिजिटल संस्करण
रौतहटमा एकै परिवारका दुई बालकको शंकास्पद मृत्यु

आफ्ना दुई बालकको शंकास्पद मृत्युपछि भावविह्वल हुँदै परिवार

रौतहटको देवाही गोनाही नगरपालिका– ५ टिकुलियास्थित एकै परिवारका दुई बालकको शंकास्पद मृत्यु भएको छ । टिकुलियाका सञ्जय मुखियाका पाँच वर्षीय छोरा आकाश र चार वर्षीय छोरा विकासको विषयका कारण शंकास्पद मृत्यु भएको हो ।

उनीहरूको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुवै बालकहरूलाई रिसइवीका कारण गाउँकै स्थानीयले विष खुवाई हत्या गरेको परिवारको भनाइ रहेको छ । प्रहरीले यस घटनालाई शंकास्पद भन्दै गम्भीर अनुसन्धान गरिरहेको रौतहटका एसपी विनोद घिमिरेले जानकारी दिए  ।

उनका अनुसार बालकहरूको विषका कारण मृत्यु भएको हो । ती बालकहरूलाई सुरुमा उपचारका लागि गरुडा लगिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि आइतबार साँझ वीरगन्ज लैजाँदै  गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ । 

See More On

सुझावित समाचार