बारको आह्वानमा जिल्ला र उच्च अदालतमा कानुन व्यवसायीहरू धर्नामा

आइतबार, २८ कार्तिक, २०७८
डिजिटल संस्करण
बारको आह्वानमा जिल्ला र उच्च अदालतमा कानुन व्यवसायीहरू धर्नामा

मोरङ जिल्ला अदालतमा धर्ना दिँदै कानुन व्यवसायी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै विराटनगरमा कानुन व्यवसायीहरूले धर्ना दिएका छन्। नेपाल बार एसाेसिएसन केन्द्रीय समितिको आह्वानमा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरमा कानुन व्यवसायीहरू धर्नामा बसेका हुन्।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बार एसोसिएसन मोरङ र  अदालत मोरङ बार इकाइका कानुन व्यवसायीहरू आ–आफनो अदालत परिसरमा आज बिहान ११ देखि १२ बजेसम्म धर्नामा बसेका हुन्। प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म कानुन व्यवसायीहरूले निरन्तर धर्ना दिने  मोरङ बारका अध्यक्ष पुनम गुप्ताकाे भनाइ छ ।

तस्बिर : उच्च अदालत विराटनगरमा धर्ना दिँदै कानुन व्यवसायी

सुझावित समाचार