प्रत्येक किराना पसलमा मुद्दाको किनबेच हुने अवस्था आयो : अधिवक्ता ढकाल

आइतबार, २८ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रधानन्यायधीशले राजीनामा दिनुपर्ने मागसहित आइतबार पनि सर्वोच्च अदालतको परिसरमा नेपाल बारले प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागी अधिवक्ता कपिलदेव ढकालले प्रत्येक किराना पसलमा मुद्दाको किनबेच हुने अवस्था आएको टिप्पणी गरे। 

उनले इजलास बहिष्कारको विरोधमा प्रदर्शन गर्नेहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको रक्षावकवच बनेर नहिँड्न आग्रह गरेका छन्। उनले कुनै पनि आवरणमा नेपाल बारको आन्दोलनलाई कमजोर बनाउने खेलमा नलाग्नसमेत आग्रह गरेका छन्। 

‘बारमा आउनुस्, यो र त्यो नाममा चोलेन्द्रको रक्षाकवच बनेर नहिँड्नुहोस्। बरु माइतीघरमा चोलेन्द्रको सालिक राख्नुस्,’ वरिष्ठ अधिवक्ता ढकालले भने, ‘कुनै पनि आवरणमा बार आन्दोलन कमजोर बनाउने खेलमा नलाग्नुहोस्।अब त प्रत्येक किराना पसलमा मुद्दाको किनबेच हुने अबस्था आयो। यसलाई रोक्न नसक्ने राजनीतिक दल पनि यसको जिम्मेवार हुन्छन्। न्याय खोस्ने अवस्थाको जिम्मेवार चोलेन्द्र हुन्छन्।’

सुझावित समाचार