संविधान राम्रो भए पनि असल अभ्यास नहुँदा उतारचढाव व्यहोर्नुपर्‍यो : सभामुख

शुक्रबार, २६ कार्तिक, २०७८
डिजिटल संस्करण

सभामुख अग्निप्रसाद सापकोटाले संविधान राम्रो भए पनि असल अभ्यास गर्न नसक्दा अनेकौँ उतार चढाव व्यहोर्नुपरेको बताएका छन् । शुक्रबार संघीय संसद् सचिवालयद्वारा आयोजित संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा उनले  लोकतन्त्रको असल अभ्यास गर्न सकियो भने अहिले हाम्रो सबैभन्दा ठूलो उपलब्धि त्यही हुने उल्लेख गरे। 

सापकोटाले पत्रकारिता र संसद् लोकतन्त्रको आत्मा भएको बताए। ‘लोकतन्त्र भनेको प्रवचन, उपदेश र निर्देशन गर्ने विषय नभई ज्ञानको धारा हो ।’ संविधान राम्रो भए पनि असल अभ्यास गर्न नसक्दा अनेकौँ उतारचढाव व्यहोर्नुपरेको उल्लेख गर्दै उनले  पत्रकारिताको तागत र शक्तिलाई आफूले  गहिरो ढंगबाट बुझेको उल्लेख गरे। 

See More On

सुझावित समाचार