सर्वोच्चको गेटअगाडि कानुन व्यवसायीको प्रदर्शन

शुक्रबार, २६ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीले सर्वोच्च अदालतको मुख्य गेटअगाडि विरोध प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई प्रवेश नदिन कानुन व्यवसायीले धर्ना एवं प्रदर्शन गरेका हुन् । 

उक्त प्रदर्शनका क्रममा प्रधानन्यायाधीश पक्षधर वकिल र प्रधानन्यायाधीशको राजीनामा माग्दै  आएको नेपाल बारको आन्दोलनरत समूहबीच सामान्य झडपको अवस्था सिर्जना भएको थियो  । झडप हुने अवस्था आएपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएकाे छ ।

अहिले सर्वोच्च परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानन्यायाधीश  जबरा अहिलेसम्म अदालत प्रवेश गरेका छैनन् ।सर्वोच्चको गेट बन्द गरिएको छ । कानुन व्यवसायीहरूले अहिले सर्वोच्चको गेटअगाडि छातीमा प्लेकार्ड टाँसेर शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन एवं  धर्ना जारी राखेका छन् । 

सुझावित समाचार