अमेरिकालाई वामदेवको अनुरोध : एमसिसी परियोजना फिर्ता लैजाऊ

बुधबार, २४ कार्तिक, २०७८
डिजिटल संस्करण

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एमसिसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवद्र्धन गर्न अनुरोध गरेका छन् । बुधबार प्रेस वक्तव्य जारी गरेर गौतमले भनेका छन्, ‘नेपालमा अहिले जटिल अवस्थामा जुन सरकार बनेको छ, र जस्तो अवस्थामा संसद् रहेको छ  नेपाल सरकार र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसिसी परियोजना फिर्ता गर्न अनुरोध गर्दछु ।’

गौतमले एमसिसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना हुने देखिएको बताएका छन् । 
यस्तो छ गौतमको वक्तव्य

सुझावित समाचार