पार्क उद्‍घाटनको विषयमा सत्तापक्ष र प्रतिपक्षी दलबीच तनाव भएपछि सिन्धुलीमा निषेधाज्ञा जारी

बुधबार, २४ कार्तिक, २०७८
डिजिटल संस्करण

सिन्धुलीमा निर्मित बाल उद्यान पार्कको उद्‍घाटनमा नेकपा एमालेका महासचि ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा तनाव भएपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिकास्थित स्टल बजार, जुनारचोक, बसपार्क, गेवांगाेला पुल, हस्पिटल रोड क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ। 

बिहान ११ बजेदेखि राति १२ बजेसम्म उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए। उक्त क्षेत्रमा कुनै प्रकारका सभा, समारोह तथा जुलुस नगर्न प्रशासनले भनेको छ। उद्यान उद्‍घाटनको विषयलाई लिएर सत्ता पक्ष र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुन् स्थिति आएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो। 

कमलामाई नगरपालिकाले उद्यान उद्घाटनका लागि पोखरेललाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरेको थियो। पोखरेलले पुष्पलाल र बिपीको सालिक अनावरण गर्ने कार्यक्रमसमेत थियो। 

सुझावित समाचार