नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. चार सयले उकालो लागेर रु. ९२ हजार सात सय कायम भएको छ । पहेँलो धातु मंगलबार प्रतितोला रु. ९२ हजार तीन सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९२ हजार दुई सय रहनेछ जसको मूल्य मंगलबार ९१ हजार आठ सय रुपैयाँ तोकिएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी मंगलबार प्रतितोला एक हजार दुई सय ५० मा कारोबार भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार आठ सय २६ दशमलव ९४ डलरमा कारोबार भइरहेको छ ।