अनामनगरस्थित कार्की भवनमा आगलागी

बिहिबार, १८ कार्तिक, २०७८
डिजिटल संस्करण

अनामनगरस्थित कार्की भवनमा आगलागी भएको छ । फर्निचर सोरुममा बिहीबार साँझ लक्ष्मीपूजा गरी दियो बालेर छाड्दा आगलागी भएको स्थानीयले बताएका छन् ।

दमकल, प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट करिव ५० लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । 

सुझावित समाचार