दराजको गाला लाइभमा दर्शकले घरै बसी टिभिएस रेडर जित्न सक्ने

बिहिबार, १८ कार्तिक, २०७८
डिजिटल संस्करण

अनलाइन बजार दराजले आयोजना गर्न लागेको व्यापार मेला ११.११ को पूर्वसन्ध्यामा गाला लाइभ आयोजना गर्ने भएको छ । कम्पनीले ११ चर्चित व्यक्तित्वसहित, कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरी र माल्भिका सुब्बाले लाइभ सञ्चालन गर्ने भएका छन् । दराज प्रयोगकर्ताका लागि आयोजना गर्न लागेको यो कार्यक्रममा नेस स्टुडियोको सांगीतिक प्रस्तुति, अन्तत्र्रिmयात्मक खेल र दराज प्रयोगकर्ताहरूका लागि नयाँ टिभिएस रेडरलगायत राम्रा पुरस्कार जित्ने मौका रहेको दराजले जनाएको छ । उक्त कार्यक्रम दराज एपको नयाँ दराज लाइभ फिचरमार्फत नोभेम्बर १० मा प्रत्यक्ष प्रसारण हुने जनाइएको छ । 

कोभिड महामारीमा धेरै ब्रान्ड, विक्रेता, व्यवसाय र उपभोक्ताहरूले व्यापार, संलग्नता, र मनोरञ्जनको नयाँ तरिकाको खोजीमा अनलाइनमा आकर्षित भएको दराजले ठहर गरेको छ । त्यसैले लाइभस्ट्रिमिङ लोकप्रिय हुँदै गइरहेको कम्पनीले जनाएको छ । दराजले २०७८ भदौ मा देशको पहिलो इन–एप सपिङ लाइभ स्ट्रिम दराज लाइभ आयोजना गरेको जनाएको छ । नेपालमा अनलाइन किनमेललाई पुनः आविष्कार गर्ने दृष्टि राखी र अलिबाबाको अनुभव, अन्तर्दृष्टि र प्रविधिहरूको सदुपयोग गर्दै, दराज लाइभ प्रस्तुत गरेको कम्पनीको भनाइ छ । 

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङले दराज लाइभमार्फत ग्राहक र विक्रेताबीचको सम्बन्धलाई अझ बढी मजबुत बनाउने आशा गरेको बताए । उनले भने, ‘हामी एक बलियो समुदाय निर्माण गर्न चाहन्छौँ, जहाँ अनलाइन सपिङको कुरा आउँदा ग्राहकहरूले खोजिरहेको कुनै पनि जानकारी प्रत्यक्ष विक्रेताबाट पाऊन् ।’

See More On

सुझावित समाचार