सर्वोच्च अदालतले तिहार बिदाको अवधिमा पनि बन्दी प्रत्यक्षीकरणका रिटको दर्ता र सुनुवाइ गर्ने भएको छ। सर्वोच्चले १८ देखि २१ कात्तिकसम्म तिहार बिदाको अवधिमा रिटको दर्ता र सुनुवाइ हुने जानकारी दिएको हो।
सर्वोच्चका उपरजिस्ट्रार देवेन्द्र ढकालका अनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम यस अवधिमा शनिबारबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्ने निर्णय गरिएको हो।
सर्वोच्चका अनुसार यस अवधिमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत आंशिक रूपमा खुला रहनेछ। यसका लागि न्यायाधीशहरूको रोस्टर तयार गरी बिदा व्यवस्थापन गरिएको जनाएको छ।