प्रधानन्यायाधीशको राजीनामा नै बटमलाइन : सर्वोच्च बार अध्यक्ष शाक्य

मंगलबार, १६ कार्तिक, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा नै बटमलाइन भएको बताएका छन्।

नेपाल बार एसोसिएसनको आह्वानमा बसेको धर्नापछि जारी कार्यक्रममा बोल्दै उनले सम्मानजनक बहिर्गमनको नेगोसिएसनमा  बार अध्यक्षलाई पनि राख्न सुझाव दिए। सम्भव भए सर्वोच्च बारलाई पनि ठाउँ दिन उनले आग्रह गरे। 

‘प्रधानन्यायाधीशको राजीनामा सुरुवात मात्र हो। त्यसपछि हामी पहरेदारको रूपमा रहनुपर्छ,’ उनले भने।  संविधानले प्रधानन्यायाधीशलाई कार्यकारिणी अधिकार कटौती गर्न, न्यायालयलाई पुनर्संरचना गर्न, संवैधानिक परिषद् र संसदीय सुनुवाइमा पुनर्विचार गर्नुपर्ने उनले बताए।

सुझावित समाचार