श्याम लेमिनेट्सको लेमिनेटेड प्लाई बजारमा

शुक्रबार, १२ कार्तिक, २०७८
डिजिटल संस्करण

व्यावसायिक घराना श्याम गु्रपले लेमिनेटेड प्लाई उद्योग सञ्चालनमा ल्याएको छ । ग्रुपको उद्योग श्याम लेमिनेट्स प्रालिले नेपालमा पहिलो र अत्याधुनिक तरिकाले गुणस्तरीय लेमिनेटेड प्लाई तथा फर्माइका उत्पादन गरी बजारमा ल्याएको हो । 

यसका लागि भैरहवामा ५० करोड लागतमा कारखाना स्थापना गरेको छ । कम्पनीले नेपालमा ३० वर्षदेखि प्लाइउड उत्पादन तथा बिक्री–वितरण गरिरहेको अग्रणी कम्पनी रहेको जनाएको छ । यो कम्पनीका उत्पादन भारतीयभन्दा गुणस्तरीय र सस्तोसमेत रहेको कम्पनीको दाबी छ । पछिल्लो समय फर्निचर तथा आन्तरिक सजावटमा लेमिनेटेड प्लाई तथा फर्माइका नै बढी प्रयोग हुन थालेको सन्दर्भमा स्वदेशमै उत्पादन सुरु गरेको कम्पनीको भनाइ छ । 

कम्पनीका बजार प्रमुख सुवास उप्रेतीले भने, ‘नेपालमा बर्सेनि ६ अर्बको लेमिनेटेड प्लाई तथा फर्माइका भारत र चीनबाट आयात भइरहेको छ । हामीले उत्पादन थालेको केही समयमै यहाँको ३० प्रतिशत बजार लिइसक्यौँ ।’ यो वर्ष बजार हिस्सा ५० प्रतिशत पु¥याउने लक्ष्य रहेको उप्रेतीको भनाइ छ । 

प्रतिमहिना पाँच लाख सिट उत्पादन क्षमता रहेको कारखानाबाट अहिले डेढ लाख सिट लेमिनेटेड प्लाई उत्पादन भइरहेको कम्पनीका सिइओ विनय गोयलले बताए । कागज, मेलामाइन र ग्लुबाट निर्मित लेमिनेटेड प्लाई उच्च गुणस्तरको र टिकाउ हुने कम्पनीको भनाइ छ । 

सुझावित समाचार