टिपरको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

काठमाडौंको सिनामंगलमा टिपरको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका– ९ सिनामंगल सडकमा बा.४ख ८७२५ नम्बरको टिपरले बा.२–०३०प ९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पर्साका २५ वर्षीय सुनिलप्रसाद महतोको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते महतोको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार रामेछाप घर भई भक्तपुर बस्ने ३० वर्षीय अम्बरबहादुर पहरीको सोही अस्पतालमा उपचार भइरहेको छ। टिपरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुझावित समाचार