माडीको विकासमा सोमेश्वरगढी कोसेढुंगा साबित हुन्छ : प्रचण्ड

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले माडीको विकासमा सोमेश्वरगढी कोसेढुंगा साबित हुने बताएका छन्  । देशको सय पर्यटकीय गन्तव्यमध्येको एक रहेको सोमेश्वरको भौतिक विकास र प्रचारमा आफूले सहयोग गर्ने बताए ।

सोमबार अवलोकनका लागि प्रचण्ड झन्डै एक किलोमिटर डाँडा चडेर सोमेश्वर पुगेका थिए । सोमेश्वरनजिकै नेपालको सीमास्तम्भ छ । यही सिमानानजिक नेपालको झण्डासहितको भ्युटावर बनाउन ६० लाख बजेट सरकारबाट  सहयोग गर्ने  उनले बताए ।

यही ठाउँमा ०७७ सालमा माडी नगरपालिकाले राष्ट्रियता झल्किने ५३ वटा पत्थर मूर्ति बनाएको थियो। मंगलबार चितवन आएका प्रचण्ड नियमित कार्यक्रम भेटघाट र आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणको अवलोकनमा छन्  । आज नै उनी माडीको विकट ठाउँ बाँदरझुलामा नागरिकता वितरण सहज कार्यक्रममा सहभागी हुँदै छन्।

See More On

सुझावित समाचार