प्रधानमन्त्रीको गृहजिल्लामा खानेपानीको हाहाकार

शनिबार, ६ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा खानेपानीको हाहाकार भएको छ । सदरमुकामसहित ग्रामीण क्षेत्रमा खानेपानीको हाहाकार भएको हो । बागबजार, तुफानडाँडा, खलंगा, कीर्तिपुर र पोखरालगायतका क्षेत्रमा एक हप्तादेखि  खानेपानीको हाहाकार भएको छ।

बेमोसमी अविरल वर्षासँगै आएको बाढीले खलंगा खानेपानीको मुहानमा क्षति पुर्याएको र पहिरोले ठाउँठाउँमा पाइप फुटेकाले खानेपानी आपूर्ति गर्न नसकिएको खलंगा खानेपानी समितिका अध्यक्ष  रवीन्द्र केसीले  बताए । 

खलंगामा तीनवटा मुहानबाट खानेपानी ल्याइएको थियो । जिल्ला सदरमुकाममा खानेपानी समिति सदस्यहरू, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको टोली खटिएको छ । 

खानेपानी नआउँदा ठूलो समस्या भएको स्थानीय बताउँछन् । खानेपानीकै अभावका कारण होटेल व्यवसायमा समेत समस्या परेको छ । 

कतिपयले चाउचाउले छाक टारिरहेको होटेल व्यवसायी संघ डडेल्धुराका उपाध्यक्ष दानबहादुर भण्डारीले बताए । 

अमरगढी नगरपालिका– ७ मा रहेको पोखरा खानेपानी पनि एक हप्ताबाट अवरुद्ध हुँदा ६०१ धारामा खानेपानी अवरुद्ध भएको पोखरा खानेपानी उपभोक्ता समितिकी सदस्य इन्दिरा ताम्राकारले बताइन् । 
 

सुझावित समाचार