प्रधानन्यायाधीशको विवादित भूमिकाबारे नेपाल बारमा छलफलमा

शुक्रबार, ५ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल बार एसोसिएसनले पछिल्लो समय प्रधानन्यायाधीशको भूमिकालगायतका विषयलाई लिएर छलफल थालेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकालाई लिएर पछिल्लो समय भइरहेका टीका–टिप्पणीको विषयमा बारले छलफल थालेको हो। 

छलफलका लागि बारको केन्द्रीय समितिको बैठक अहिले जारी छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बैठक जारी रहेको नयाँ पत्रिकालाई जानकारी दिए।बैठकमा न्यायालय सुधारका निम्ति निर्मित न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार गरेको प्रतिवेदन कार्यान्वयन, प्रधानन्यायाधीशका क्रियाकलापलगायतका एजेन्डा रहेको बताइएको छ।
 

सुझावित समाचार