कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दाको सुनुवाइ सर्‍यो

बिहिबार, ४ कार्तिक, २०७८
डिजिटल संस्करण

कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दामाथिको सुनुवाइ सरेको छ। समायोजनसँग सम्बन्धित २१ मुद्दाहरुमाथि आज सुनुवाई तोकिएकोमा सर्वोच्चले सुनुवाइका लागि अर्को पेसीको  सूचना दिने आदेश गरेको हो।

मुद्दाहरूमाथि पूर्ण इजलासमा सुनुवाइ तोकिएको थियो। सुनुवाइका लागि न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र प्रकाशमानसिंह राउत रहेको इजलास गठन गरिएको थियो। 

साउन २५ मा सर्वोच्चले समायोजन भएका ३४ कर्मचारीको मुद्दामा खुला कोटा कटाएर संघमा समायोजन गर्न आदेश दिएको थियो। सुनुवाई लम्बिएसँगै शाखा अधिकृतको अन्तिम नतिजा प्रकाशनसमेत अनिश्चित बन्दै आएको छ।

सुझावित समाचार