पीडामा रहेका किसानलाई सहयोग गर्न निवर्तमान प्रदेश प्रमुख अहिराजको आग्रह

बिहिबार, ४ कार्तिक, २०७८
डिजिटल संस्करण

बेमौसमी वर्षाका कारण किसानहरूमा परेको पीडा र मारमा सबै नेपालीले सक्दो सहयोग गर्न प्रदेश २ का निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले आग्रह गरेका छन्। डा. अहिराजले प्रभावित क्षेत्रहरूको अनुगमन गर्दै सक्दो सहयोग गर्न आग्रह गरेका हुन्।

बेमौसमी वर्षाका कारण अर्बौँको धानबाली नष्ट भएको छ भने ८८ जनाको ज्यान गएको र कैयौँ  बेपत्ता भएका छन्। यस्तो पीडाको घडीमा सबै नेपालीले सहयोग र सदभाव देखाउनुपर्ने अहिराजले बताएका हुन्। यसबाट सबभन्दा बढी मारमा किसान परेको उल्लेख गर्दै उनले सबै नेपालीले सहयोग गर्नुपर्ने बताएका हुन्।

‘यी पीडामा मैले थुप्रै किसानसँग भेटेँ, खेतबारीमा गएँ, उहाँहरूको आँखाभरि आँसु छन्। किसानको परिवारमा एक खालको पीडा, भविष्यको चिन्ता, भोलि के खाने, लालाबालालाई कसरी पाल्ने, जीवन कसरी धान्ने भन्ने पीडामा छन्,’ उनले भने।

उनले हाम्रा अन्नदाता (किसान)को आँसु पुछ्न, अनुहारमा खुसी ल्याउन र खानाको व्यवस्था गरिदिन नेपालीहरू सक्षम रहेको बताउँदै सहयोगको अपिल गरेका छन्।  ‘हामी तपाईंसँग छौँ भन्ने किसानलाई हौसला दिनका लागि अब घरबाट पाइला बाहिर निकाल्नुपर्ने आवश्यकता छ,’ उनले भनेका छन्।

सुझावित समाचार