राइनास नगरपालिका – ९ का वडाध्यक्ष थापाको निधन

आइतबार, ३१ असोज, २०७८
डिजिटल संस्करण

लमजुङको राइनास नगरपालिका – ९ का वडाध्यक्ष  देवबहादुर थापाको निधन भएको छ। ६८ वर्षीय थापाको शनिबार दिउँसो १ बजे काठमाडौंको वीर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।

कोरोना संक्रमणका कारण उपचाररत थापाको  रिपोर्ट  नेगेटिभ आइसकेपछि  उपचारकै क्रममा निधन भएको हो। उनी असोज २ गतेदेखि वीर अस्पतालमा उपचार गराइरहेका थिए। थापा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट राइनास नगरपालिका – ९ को वडाध्यक्षमा निर्वाचित भएका थिए।

See More On

सुझावित समाचार