प्रतिबन्धपछि अल्मुताइरीको जवाफ– ‘नट फेयर, नट जस्टिस’

शनिबार, ३० असोज, २०७८
डिजिटल संस्करण

साफ च्याम्पियनसिप फुटबलअन्तर्गत भारतविरुद्धको फाइनलमा  नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेल गुमाउने भएपछि एक प्रतिक्रिया दिएका छन्। उनले शनिबार एक प्रतिक्रिया जारी गर्दै आफूमाथि प्रतिबन्ध लगाउनु न्यायसंगत नभएको बताएका हुन्।

शनिबार बेलुका माल्दिभ्समा हुने फाइनल खेलमा मुख्य प्रशिक्षक अल्मुताइरीले  ‘डगआउट’मा बस्न नपाउने भएका हुन्। दुईवटा पहेँलो कार्ड पाएका कारण उनले ‘डगआउट’मा बस्न नपाउने जानकारी दिइएको छ। उनले फेसबुकमा लेखेका छन्, ‘यो न्यायसंगत भएन।’

सुझावित समाचार