कोरोनाले बन्द तलेजु भवानी मन्दिर खुल्यो, बिहानैदेखि भक्तजनको भिड

बिहिबार, २८ असोज, २०७८
डिजिटल संस्करण
कोरोनाले बन्द तलेजु भवानी मन्दिर खुल्यो, बिहानैदेखि भक्तजनको भिड

फाइल तस्बिर

महानवमीका दिन मात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम लागेको छ। तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका लागि खुला गरिन्छ।

गत वर्ष भने कोरोना महमारीका कारण मन्दिर भक्तजनका लागि खुला नगरिएकामा यस वर्ष कोरोना जोखिम कम रहेको र  धेरैले खोप लगाएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालयय प्रमुख सन्दीप खनालले बताए।

बिहान ६ बजेसम्म भक्तजनको लाम हनुमानढोका दरबारको मूलढोकासम्म पुगेको छ। आज लाममा बस्ने सबैलाई पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइने कार्यालयले जनाएको छ।

सुझावित समाचार