घान्द्रुक जाँदै गरेको जिप बलाभिरमा दुर्घटना, आठजनाको मृत्यु (अपडेट)

सोमबार, २५ असोज, २०७८
डिजिटल संस्करण

कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जाँदै गरेको जिप दुर्घटनामा परेको छ। अन्नपूर्ण गाउँपालिकाको बलाभिर भन्ने स्थानमा बलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ग १ ज ६९०० जिप दुर्घटनामा पर्दा ८ जनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताए। जिपमा सवार ६ पुरुष र २ महिलाको मृत्यु भएको भए पनि सनाखत हुन सकेको छैन।

सोमबार दिउँसो २ : १५ बजे नयाँपुल बाट घान्द्रुकतर्फ जाँदै गरेका जिप बलाभिरमा दुर्घटनमा परेको थियो । जिपमा ९ जना सवार थिए । जिप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको थियो। 
 

सुझावित समाचार