रसुवागढी नाकाबाट दुई दिनमै ३६ कन्टेनर स्याउ भित्रियो

सोमबार, २५ असोज, २०७८
डिजिटल संस्करण

दसैँमा फलफूलको व्यवस्था मिलाउन नेपाली व्यवसायीले रसुवागढी नाकाबाट स्याउ आयात गरेका छन्। शनिबार र आइतबार दुई दिनको अन्तरालमा ३६ कन्टेनर  स्याउ नेपाल भित्रिएको  हो।

सो नाकाबाट ठूलो परिमाणमा स्याउ भित्रिएसँगै दसैँका लागि नेपाली बजारमा फलफूलको आपूर्ति सहज हुने आकलन गरिएको छ। नेपाल भित्रिएको स्याउ भन्सार प्रक्रिया पूरा गरी धमाधम काठमाडौं लाने क्रम सुरु भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवं भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले बताए।

चाडपर्वमा फलफूलको अभाव हुन नदिन व्यवसायीले स्याउलगायत तयारी पोसाक, जुत्ता, चप्पलजस्ता सामग्री आयातलाई पहिलो प्राथमिकता दिँदै आएका छन्।

सुझावित समाचार