हुन्डाई गाडीका लागि राजमार्गमा निःशुल्क चेकअप

सोमबार, २५ असोज, २०७८
डिजिटल संस्करण

नेपालका लागि हुन्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैँको अवसर पारेर ‘हुन्डाई हाइवे इन्स्योरेन्स’अन्तर्गत हुन्डाई गाडीहरूका लागि फ्री चेकअप क्याम्प आयोजना गरेको छ । कम्पनीले आफ्ना ग्राहकका लागि राजमार्गका विभिन्न स्थानमा फ्री चेकअप क्याम्प स्थापना गरेको हो । 

दसैँमा आफ्ना परिवारजन तथा इष्टमित्रहरूसँग मनाउने उद्देश्यले हुन्डाई गाडीमा घर फर्कंदै गरेका ग्राहकलाई लक्षित गरी आयोजना गरिएको यस फ्री चेकअप क्याम्पमा ग्राहकहरूले आफ्नो गाडीको फ्री चेकअप गराउन सक्ने जनाइएको छ । यसका साथै आवश्यक लुब्रिकेन्ट तथा कुलान्टको मात्रा कम भएमा कम्पनीले निःशुल्क थप गरिदिने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । 

यो योजनाअन्तर्गत कम्पनीले बिर्तामोडको काँकडभिट्टा रोड, इटहरीको मिलन चोक, कुरिनटारको सिरिन हाइवे, भरतपुरको बालमन्दिर चोक, बुटवलको चौराहा, नेपालगन्जको कोहलपुर चोक, धनगढीको अत्तरिया चोक, वीरगन्जको पथलैया चोक र हेटौँडाको बाइपास चोकमा क्याम्प राखिएको कम्पनीले जनाएको छ । क्याम्प असोज २६ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ । 

सुझावित समाचार