केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले दसैँको अवसर पारेर सुबिसु ‘दक्षिणा अफर’ सार्वजनिक गरेको छ ।अफरअन्तर्गत ग्राहकहरूले ५० एमबिपिएस इन्टरनेटको वार्षिक सेवा १४ हजार रुपैयाँमा प्राप्त गर्न सक्ने जनाइएको छ ।
जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकले थोरै शुल्कमै धेरै लाभ लिन सक्ने कम्पनीको दाबी छ । यसका साथै ग्राहकले वार्षिक सेवाको भुक्तानी इसेवामार्फत गर्दा थप एक हजार क्यास ब्याक प्राप्त गर्न सक्ने जनाइएको छ । यसका लागि ग्राहकले भुक्तानी गर्दा प्रोमो कोड प्रयोग गर्नुपर्ने जनाइएको छ ।