विजय गच्छदारको दाबी– ललितानिवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको छैन

बुधबार, २० असोज, २०७८
डिजिटल संस्करण

कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललितानिवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना नगरेको दाबी गरेका छन् । बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित कार्यक्रममा गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुन्डिन तयार रहेको चेतावनीसमेत दिए । 

उनले आफू निष्कलंक रहेको पनि पटक–पटक दोहो¥याए । उनले भने, ‘मैले ललितानिवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित गरिदियो भने म मृत्युदण्ड भोग्न तयार छु । फाँसीमा झुन्डिन तयार छु । मेरो चुनौती छ– राज्यसँग । मेरो चुनौती छ कि मैले मेरो देशको सार्वजनिक सम्पत्ति एक लाल पैसाको सम्पत्ति पनि हिनामिना गरेको छैन । म निष्कलंक छु । ममाथि राजनीतिक प्रतिशोध राखेर अख्तियारमा मुद्दा चलाइएको हो ।’

गच्छदारले केपी ओली नेतृत्वको सरकारले आफू कांग्रेसमा प्रवेश गरेपछि प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गराएको आरोप पनि लगाए ।
 

सुझावित समाचार