पाँच सयले बढ्यो सुनको मूल्य

मंगलबार, १९ असोज, २०७८
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर ९० हजार तीन सय रुपैयाँ कायम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार तीन सय रुपैयाँ तोकिएको हो । छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा  आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला रु. ८९ हजार आठ सय ५० कायम गरिएको छ जुन सोमबार प्रतितोला रु. ८९ हजार तीन सय ५० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला रु. एक हजार एक सय ६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार सात सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । रासस

See More On

सुझावित समाचार