तीनबुँदे सहमति कार्यान्वयन गर्न विप्लवको माग

मंगलबार, १९ असोज, २०७८
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टीले केपी ओली सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयन नभए जटिल अवस्था सृजना हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

सोमबार नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री निवास बालुवाटार पुगेर महासचिव विप्लवले हस्ताक्षर गरेको विज्ञप्ति बुझाउँदै तीनबुँदे सहमति कार्यान्वयनका लागि विशेष कार्यदल बनाउन माग गरेका हुन् ।

तीनबुँदे कार्यान्वयनका लागि पटकपटक सरकारको ध्यानाकर्षण गर्दा पनि माग पूरा नभएपछि पुनः सरकारको ध्यानाकर्षण गराएको महासचिव विप्लवले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारसँग भएको यो सहमति राजनीतिक मुद्दा भएको बताउँदै ज्ञापनपत्रमा भनिएको छ, ‘विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटोभन्दा छिटो निरुपणको अपेक्षा गर्दछौँ ।’ 

See More On

सुझावित समाचार