नेकपा एमालेको विधान महाधिवेशन आज शुक्रबारदेखि सुरु भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी विधान महाधिवेशनको प्रचारस्वरूप एमालेले उपत्यकाका विभिन्न स्थानमा पार्टी अध्यक्ष केपी ओलीको तस्बिर टाँगेको छ।
काठमाडौंको सुन्धारा, जमल, रानीपोखरीलगायत अन्य क्षेत्रहरूमा आकाशे पुल, पोललगायतमा ओलीका तस्बिर र विभिन्न नाराहरू टाँगिएको छ।






