नेप्सेमा ३२ अंकको गिरावट, तीन कम्पनीको सेयरमा सर्किट

बिहिबार, १४ असोज, २०७८
डिजिटल संस्करण

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ३२ अंक बढीले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ३२.५१ अंकले घटेर दुई हजार ६३३.४२ अंकमा पुगेको छ ।
 
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४१ अंकले घटेर ४९७.०५ अंकमा पुगेको छ। नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि ओेरालो लागेको छ। कुल २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता सेयर तीन अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँमा खरिद बिक्री भयो ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर उकालो लागेको छ । व्यापार ११८.१३, अन्य ४.५६ र सामूहिक लगानी कोष ०.०३ अंकले बढेको छ । यस्तै, बैंकिङ २०.६, होटल तथा पर्यटन ४४.१५, विकास बैंक १५५.७५, जलविद्युुत् ८२.५१, वित्त ६८.९६, निर्जीवन बिमा १०४.५७, उत्पादन १०२.९७, लघुवित्त ३८.२२, जीवन बिमा १०१.४२ र लगानी १.०९ अंकले घटेको छ ।

कारोबारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको १२ करोड ७७ हजार रुपैयाँबराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, अपी पावर कम्पनी रु १० करोड ८३ लाख ३२ हजार ७३०, मेगा बैंक रु १० करोड नौ लाख पाँच हजार ४७०, हिमालयन डिस्टिलरी रु नौ करोड ८४ लाख ६५ हजार ८२० र नेपाल पुनर्बिमा कम्पनी रु नौ करोड ४० लाख ३५ हजार ८३७ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा परेका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रुरु जलविद्युत् परियोजना ६.०५ र सिभिल लघुवित्तका लगानीकर्ताले ५.२९ प्रतिशतले कमाए ।

त्यस्तै, गुडविल फाइनान्स ६.८६, प्रिमियर इन्स्योरेन्स ६.२९, हिमालयन पावर पार्टनर ६.२२, कर्पोरेट डेभलपमेन्ट बैंक ५.६३ र वरुण हाइड्रोपावरका लगानीकर्ताले ५.६३ प्रतिशतले गुमाए । सेयर कारोबार हुने साताको अन्तिम दिनमा आइपुग्दा बजार पुँजीकरण घटेर रु ३६ खर्ब ८६ अर्ब ३३ करोड आठ लाख ३० हजारको हाराहारीमा ओर्लेको छ । रासस

See More On

सुझावित समाचार