सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

बिहिबार, १४ असोज, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले  सहभागी नहुने भएको छ । संसद्को अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले  बिहीबार  बिहान १० बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।

दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाएको र संसद् छलेर अध्यादेश फिर्ता लिएको भन्दै सरकारसँग रुष्ट रहँदै  आएको एमालेले सर्वदलीय बैठक पनि बहिष्कार गर्ने निर्णय गरेको हो । 

सुझावित समाचार