पोखरीमा डुबेर भक्तपुरको बोडेमा एकजना बालकको मृत्यु

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

भक्तपुरको बोडेस्थित कमलपोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ । बुधबार दिउँसो पोखरीमा डुबेर बोडे बस्दै आएका रमेश खड्काका ६ वर्षीय छोरा रोशन खड्काको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले  पोखरीमा डुबेका बालकको उद्धार गरी उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर पुर्याइएपछि मृत्यु भएको जानकारी दिए । पोखरी  डिलमा खेल्ने क्रममा बालक पोखरीमा परेका थिए ।

सुझावित समाचार