ककपिटमा धुवाँ देखिएपछि पोखराका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता

सोमबार, ११ असोज, २०७८
डिजिटल संस्करण

ककपिटमा धुवाँ देखिएपछि पोखराका लागि काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता भएको छ। यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौंतर्फ नै फिर्ता भएको हो। 

उक्त जहाज बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको थियो । अचानक जहाजको ककपिटबाट धुवाँ आउन थालेपछि पाइलटले जहाजलाई काठमाडौंतिर मोडेका थिए । जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवतरण गरेको छ। ल्यान्ड गर्नुअघि केही समय जहाजलाई आकासमा होल्ड गरिएको थियो । 
 

सुझावित समाचार