थारू गीत ‘ओ सजन’मा पल शाहको अभिनय

आइतबार, १० असोज, २०७८
डिजिटल संस्करण

नरेश जोगी र अन्नु चौधरीले गाएको थारू गीत ‘ओ सजन’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा अभिनेता पल शाह र कविता रायले अभिनय गरेका छन् ।

पल र कवितासँगै कृष्ण जोशीको पनि अभिनय भिडियोमा देख्न सकिन्छ । म्युजिक भिडियोमा पलले थारू भाषामा संवाद पनि गरेका छन् । विभिन्न भाषा, भेषभुषाको कामबाट दर्शकलाई म्युजिक भिडियोमा जोडिरहेका पलले पहिलोपटक थारू भाषामार्फत फरक स्वाद दिएका हुन् । शाहले भने, ‘मलाई नेपालका सबै जातिको भाषा र भेषभुषामा काम गर्ने मन छ ।’ 

विक्रम चौहानले निर्देशन तथा कोरियोग्राफ गरेको म्युजिक भिडियोमा पल र कवितालाई थारू समुदायको बिहेको भेषमा पनि देख्न सकिन्छ । भिडियोको छायांकन अभिनेता शाहकै गृहजिल्ला दाङमा भएको थियो । 
 

See More On

सुझावित समाचार