- हतारका वेलामा सही गन्तव्यमा पुुग्न निकै सहज माध्यम बन्न पुुगेका अनलाइन राइडरहरू उल्लेख्य मात्रामा बढ्न थालेका छन् ।
- तीन वर्षमा पठाओको १० लाख एप डाउनलोड भइसकेको छ
- एप सञ्चालन र प्राविधिक ज्ञानको कमीले सुुरुवातमा सुुस्ताएको राइडर सेवामा अहिले भने दैनिक एक सयभन्दा बढी जोडिएका छन्
पाँच वर्ष वैदेशिक रोजगारीमा गएर आएका काठमाडौंको बाफलका प्रेम लामा नेपाल फर्केपछि बेरोजगार भए । दुई वर्षसम्म काम नपाएपछि आफैँले ट्याक्सी किनेर चलाउन थाले । तर, ट्याक्सीको कमाइले घरखर्च चलाउन मुस्किल हुन थालेपछि पुनः वैदेशिक रोजगारीमा जाने सोच आउन थालेको उनी बताउँछन् । वैकल्पिक रोजगारी खोज्दै गर्दा उनी पठाओसँग जोडिन पुगे । पठाओसँग आबद्ध भएपछि आम्दानी केही बढ्न थालेको उनको भनाइ छ । ‘अफ लाइनमा पाए अफ लाइनमा नभए धेरैजसो पठाओ राइडरबाटै राम्रो आम्दानी हुुन्छ, सजिलो पनि हुुने हुुँदा जुुनसुुकै समयममा पनि टिप पाउने सम्भावना छ,’ उनले भने, ‘रातिको समयमा अप्ठ्यारो परेका वेलामा तोकिएको लोकेसनमा पुुग्न सकिन्छ, आफू दिउँसोभन्दा पनि रातिको समयमा धेरै समय राइडर सेवा चलाउने हुुँदा धेरै अप्ठ्यारोमा परेकोलाई सहयोग गर्न पाएको छुु, यसले ठूलो सन्तुुष्टि दिन्छ ।’
बिहीबार राति करिब नौ बजे सुुन्धाराअगाडि हतास मुुडमा मोबाइलबाट राइडर रोज्दै थिइनन्, गोदावरी बस्ने रबिना बस्नेत । अफिसमा अलिक लामो समय बस्नुपरेका कारण बस नपाएपछि पठाओमा जान राइडर खोजेको उनले बताइन् । कहिलेकाहीँ हतार भएको समयमा पठाओ वा टुुटल सेवा उपयोग गर्दै आएकी उनले यस्तो सुुविधाले धेरै सहयोग पुगेको बताइन् । ‘यो निकै सजिलो र कोरोना समयमा बसको भिडभाडबाट बच्नका लागि उपयुक्त पनि छ । पाएसम्म बस नभए हतारको समयमा टुुटल वा पठाओ निकै सजिलो लाग्छ,’ उनले भनिन्, ‘कुनै राइडरहरूको भने महिलाहरूलाई गर्ने व्यवहारले डर लाग्छ । जिस्कने, नम्बर माग्ने, फेसबुक एकाउन्ट सोध्ने गर्छन् । यसले भने सुरक्षा प्रणालीमा पनि चुनौती थपिएको हो कि भन्ने पनि लाग्छ, तर त्यो भन्दैमा सबै नराम्रो भन्ने त हुँदैन, भोगेको एउटा समस्या हो ।’
हतारका वेलामा सही गन्तव्यमा पुुग्न निकै सहज माध्यम बन्न पुुगेका अनलाइन राइडरहरू उल्लेख्य मात्रामा बढ्न थालेका छन् । टुुटल, पठाओ मात्र होइन, लुुजुुम,
ट्याक्सीमान्डुुलगायतका राइड सेयरिङको संख्यामा वृद्धि भइरहेको छ । निकै पछि आएको लुजुुमले हाल १३ हजारभन्दा बढी बाइक र ट्याक्सीचालकलाई रोजगारी दिएको लुुजुुम सेवा कम्पनीका सिइओ प्रतीक सुुब्बा बताउँछन् । सन् २०२० मा स्थापना भएको लुुजुुमबाट पनि अफलाइन–अनलाइन सेवा लिन सकिन्छ । त्यसैगरी, ट्याक्सी मान्डुु पनि सेयर रिडिङअन्तर्गतकै अनलाइन सेवा हो । तीन हजारभन्दा बढी ट्याक्सीहरू आफ्नो कम्पनीसँग आबद्ध रहेको ट्याक्सी मान्डुुका व्यवस्थापक अर्जुुन केसीले बताए । उनका अनुुसार काठमाडौं उपत्यकामा मात्र नभएर झापामा समेत यसको सुुरुवात गरिएको छ । यसमा १० प्रतिशत कम्पनीलाई बुुझाएर बाँकी रकम राइडरले लिन पाउँछन् ।
अनलाइन राइड सेयरिङ सेवाका विषयमा सुुरुवाती चरणमा अन्योल सिर्जना भएको भए पनि अहिले ट्याक्सी व्यवसायीहरू आकर्षित भएकोे केसी बताउँछन् । ‘अहिले व्यवसायीहरू आफैँ तालिम लिन आउनुहुुन्छ, यसले प्रविधिको उचित प्रयोग र व्यस्त रहेका मानिसहरूको समय बचत गराउन भूूमिका खेलेको छ,’ उनले भने, ‘पहिला लौ न आउनुपर्यो भन्दा नआउनेहरू अहिले दैनिक तालिमका लागि आग्रह गरिरहेका छन् ।’
पठाओ तीन वर्षमा
नेपालमा सेयर राइड सुरु गरेको पठाओले शनिबार तीन वर्ष पूरा गर्दै छ । यो अवधिमा पठाओले युुवापुुस्ताको मन जित्न सफल भएको सिइओ अभिमानसिंह बस्नेत बताउँछन् । तीन वर्षमा पठाओको १० लाख एप डाउनलोड भइसकेको छ । पठाओले जीवन बिमासमेत गरेको छ । सामान्य चोटपटक लागेमा एक लाख र दुर्घटना भई मृत्युु भएमा पाँच लाख र उपचारपछि मृत्यु भएमा ६ लाखसम्मको जीवन बिमा गरिएको छ । बस्नेत भन्छन्, ‘हाल पठाओमा दैनिक ६० हजारले राइडर सेवा लिन्छन् र दैनिक दुई सय नयाँ राइडर थपिन्छन्, यो हाम्रा लागि सफलता हो ।’
द्वन्द्वसँगै मित्रता बढ्दै
नेपालमा सेयर राइड सेवा दिने टुुटल र पठाओ सञ्चालनमा आएपछि नेपालमा यसको प्रभाव र कानुनको बहस उठेको थियो । कानुुन र यसको विकृतिबारे नियामक निकायका बारेमा बहस अहिले पनि जारी छ । सरकारी तबरबाट पनि स्पष्ट कानुुन बनिसकेको छैन । तर, पछिल्लो समय विरोध गर्ने व्यवसायीहरूले पनि पठाओमा जोडिएर राम्रो आम्दानी गर्न थालेपछि राइडरतर्फ जोडिन पुुगेको प्रेम लामा स्वयं बताउँछन् । कोरोनाअघिको तुुलनामा कोरोनापछि राइडरको संख्या झन्डै १० गुुणाले बढेको टुुटल सेवा कम्पनीका सिइओ शिक्षित भट्ट बताउँछन् । भट्टका अनुसार झन्डै ९० हजारभन्दा बढीले अहिले मोटरसाइकल राइडर सेवा सञ्चालन गरेका छन् । उनले भने, ‘पाँच वर्षअघि सञ्चालनमा आएको यो सेवा पहिलोपटक सञ्चालनमा आउँदा धेरैले बुुझ्दैनथे ।’
एप सञ्चालन र प्राविधिक ज्ञानको कमीले सुुरुवातमा सुुस्ताएको राइडर सेवामा अहिले भने दैनिक एक सयभन्दा बढी जोडिन थालेको उनको भनाइ छ । ‘झन्डै चार हजारको संख्यामा ट्याक्सीले टुुटल राइडर सेवा कम्पनीबाट सेवा प्रदान गरिरहेको छ, सरकारले कानुुन बनाए हामी पनि कानुुनी दायरामा आउँछौँ,’ शिक्षितले भने ।कोरोना भाइरसका कारण बेरोजगार भएका युवाहरू पठाओमार्फत जोडिनेको संख्या बढेको हो । पठाओ राइड सेयरिङ कम्पनीका अनुसार कोरोना भाइरसपछि पठाओमा आबद्ध भएर काम गर्नेको संख्या अझ बढेको राइड सेयरिङ कम्पनीकी बजार व्यवस्थापक सुरक्षा हमाल बताउँछिन् ।
सरकारबाट वेला–वेला अवरोध
नेपालको कानुनअनुसार कालो नम्बर प्लेट भएको सवारीसाधनले मात्र यात्रुु बोक्न पाउने व्यवस्था छ । टुुटल, पठाओ र लुजुुमहरूले रातो प्लेटको सवारीसाधनबाट यात्रुु बोकेको भन्दै यातायात व्यवसायीहरू राइड सेयरिङप्रति आक्रोशित हुँदै आएका छन् । सरकारले स्पष्ट कानुुन बनाउन सकेको छैन । कानुुन बनाउने जिम्मा बागमती प्रदेशलाई दिएको भए पनि अगाडि बढेको छैन । यसको नियामक निकाय यातायात व्यवस्था विभागले पटक–पटक रोक्न खोजे पनि माथिल्लो तहबाटै खुुला छोडिएको छ । तत्कालीन भौतिक पूूर्वाधार तथा यातायातमन्त्री रघुुवीर महासेठले टुटल, पठाओलाई रोक्न निर्देशन दिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा सञ्चालनमा आएको थियो । त्यसपछि भने वेला–वेला काननुुका कुरा उठे पनि अहिलेसम्म कुनै कानुुनी दायरामा भने आएको छैन ।
अहिले राइड सेयरिङ नियन्त्रण नै गर्न नसक्ने गरी बढेको यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुुसाल बताउँछन् । कानुुनी दायरामा ल्याउनुुपर्छ । त्यसका लागि ऐन बनाउने काम भइरहेको छ । ऐन बनाएर लैजानेसम्मको काम हुन्छ । तर, अहिलेसम्म कुनै कानुुनले नबाँधिएको भुुसालले बताए । ‘संघीय ऐनमै उल्लेख गरेर राइड सेयरिङमा प्रयोग हुनेलाई छुट्टै प्लेटको व्यवस्था गरेर वा कसरी हुुन्छ, नियमन भने गर्नेछाैँ,’ भुुसालले भने ।
यसरी आबद्ध हुन सकिन्छ टुुटल, पठाओमा
पठाओमा आबद्ध भएर काम गर्नका लागि विभिन्न पक्रिया र नियमहरू पूरा गर्नुपर्ने हुन्छ । यसका लागि पठाओको केन्द्रीय कार्यालयमा गएर इच्छुक व्यक्तिले आफ्नो नाम, फोन नम्बर, ठेगानासहितको फाराम भर्नुपर्ने हुन्छ । फाराम भरेपछि आउने लिंकमार्फत इच्छुक व्यक्तिले तालिम लिन सक्नेछन् ।